

पर्सा । मधेस प्रदेशमा कार्यरत जिल्ला प्रहरी प्रमुखहरूबीचको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्र सर्वोत्कृष्ट ठहरिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले आयोजना गरेको कार्य सम्पादन सम्झौता कार्यक्रममा उनी सर्वोत्कृष्ट घोषित भएका हुन्।
मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले एसपी मिश्रको उत्कृष्ट कार्यप्रदर्शनको जानकारी सार्वजनिक गर्दै ४० वटा सूचकमा आधारित मूल्यांकनमा पर्सा प्रहरीले ९०।१९५ अंक प्राप्त गर्दै प्रदेशभरि पहिलो स्थान हासिल गरेको जानकारी दिएका हुन्।
एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले विगत केही महिनामा उल्लेखनीय सफलता हासिल गर्दै सुरक्षाको संवेदनशील विषयहरूमा ठोस परिणाम प्रस्तुत गरेको छ। उनको कार्यकालमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी तथा भन्सार छली गरी भित्र्याइएका वस्तुहरू बरामद गरी राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।
यस्तै, फरार अभियुक्त नियन्त्रण अभियान अन्तर्गत १,५११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। लागुऔषध नियन्त्रणमा समेत पर्सा प्रहरीले ठुला सफलता हात पारेको छ। एसपी मिश्रको कार्यकालमा ३१९ केजी चरेससहित ट्रक बरामद गरी अभियुक्तहरू पक्राउ गरिएको थियो।
साथै, ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १।५९ केजी अफिमसहित विभिन्न लागुऔषधमा संलग्न १५३ जना कारोबारीहरूलाई नियन्त्रणमा लिइएको थियो। मानव बेचबिखनविरुद्धको कारबाहीमा पनि उल्लेख्य सफलता प्राप्त गर्दै १२ वटा मुद्दा दर्ता गराई १३ जना अभियुक्तहरू पक्राउ गरिएको छ।
गम्भीर प्रकृतिका अपराध, जस्तै कर्तव्य ज्यान मुद्दामा संलग्न अपराधीहरूलाई पक्राउ गरी सफल अनुसन्धान गरिएको छ भने हुन्डी कारोबारमा संलग्नहरूलाई नियन्त्रण गरी आर्थिक सुरक्षातर्फ पनि कडाइ गरिएको छ।
एसपी मिश्रको पहलमा जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधार विस्तार, कार्यालयको व्यवस्थापन र सौन्दर्यकरण कार्य अघि बढाइएको छ, जसले प्रहरीको कार्यक्षमता र मनोबल दुवैमा सकारात्मक प्रभाव पारेको छ।
सामुदायिक र धार्मिक सहिष्णुताका क्षेत्रमा पनि एसपी मिश्रको कमाण्ड उल्लेखनीय देखिएको छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरम लगायत पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरेर शान्ति(सुरक्षा सुनिश्चित गरिएको छ।
२०७७ सालदेखि सुरु भएको कार्य सम्पादन सम्झौता मूल्यांकन कार्यक्रमअन्तर्गत पर्सा जिल्ला पहिलो पटक प्रदेशस्तरीय विजेता बन्न सफल भएको हो।





Write your Comment