

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनले बुद्धको शिक्षालाई विश्व कूटनीति, दिगो विकास र द्वन्द्व समाधानमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको छ।
‘कूटनीतिमा बौद्ध शिक्षाः शान्ति र दिगो विकासको पथ’ भन्ने शीर्षकमा नेपाल–भारतलगायत विभिन्न देशका ५८ विद्वान सहभागी सम्मेलनले लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा गरेको हो।
सम्मेलनमा माइन्डफुलनेस तालिम, पर्यावरणीय कूटनीति, शान्ति पर्यटन प्रवर्द्धन, बौद्ध मूल्यमा आधारित AI विकास, ‘लुम्बिनी शान्ति सूचकांकु’ स्थापना र बौद्ध थिंक ट्याङ्क निर्माणलगायत १५ बुँदे घोषणापत्र जारी गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता पनि भएको छ। विभिन्न विश्वविद्यालयका उपकुलपति, पूर्व राजदूत, प्राध्यापक, बौद्ध चिन्तक तथा विद्यार्थीको सहभागितामा सम्मेलन सम्पन्न भएको हो।
उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरिने बताए।





Write your Comment