मधेसमा ‘लगपाँच’ पर्व, नाग पूजा गर्दै परम्परा पालन

रातोघर

 २०८२ श्रावण १३, मंगलबार  मा प्रकाशित
२३८ पाठक संख्या


महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा आज नागको पूजाआराधना गरी ‘लगपाँच’ पर्व मनाइँदै छ।

घरका चारैतिर गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर, अक्षता, दूध र लावा चढाइने परम्परा अनुसार पूजा गरिन्छ। गृहिणीले स्नान गरी नाग चित्र कोरेर पूजा गर्ने चलन छ।

महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत विद्यालयका शिक्षक शोभाकान्त झाले नाग पूजा गरेपछि वर्षभर नागको भय नलाग्ने जनविश्वास रहेको बताए।

घरका चारै कुनामा र मुख्यद्वारमा नाग चित्र टाँस्ने परम्परा छ। मधेसमा यही दिनबाट पर्वहरूको सुरुवात मानिने गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban