बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

रातोघर

 २०८२ श्रावण १४, बुधबार  मा प्रकाशित
३१७ पाठक संख्या


हेटौंडा— नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा बानियाँले प्रतिस्पर्धी बहादुर सिंह लामालाई २२–१४ को मतान्तरले पराजित गरेका हुन्।

कुल ३७ जना सांसदमध्ये सबैले मतदान गरेका थिए। यही २२ मतकै आधारमा बानियाँले यसअघि लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए, जुन पारित भएको थियो।

यो बानियाँ र लामाबीचको दोस्रो प्रतिस्पर्धा हो। २०७९ सालमा भएको अघिल्लो चुनावमा लामा विजयी भएका थिए भने यसपटक बानियाँले पराजित गर्दै नेतृत्वमा पुनः उभिन सफल भएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban