पञ्चरुपा सहकारी घोटाला : ८८ करोड अपचलनको आरोप, अनुसन्धान अन्तिम चरणमा

रातोघर

 २०८२ श्रावण १५, बिहिबार  मा प्रकाशित
२९८ पाठक संख्या


काठमाडौँ । काठमाडौँको सिनामंगलमा मुख्य कार्यालय रहेको पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

२०७८ भदौ २ मा बचतकर्ताहरूले सहकारी अध्यक्ष पुष्कल रिसालसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए।उनीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।जाहेरीमा उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेश जाख्वा, सञ्चालक पुष्पबावु पाण्डे, धिरेन्द्र बराल, मंगलबहादुर तामाङ, राजकुमार शाह र लेखा संयोजक पुण्यश्वरी प्रजापति प्रतिवादी बनाइएको छ।

बचतकर्ताहरूले सञ्चालकहरूबाट ८८ करोड रुपैयाँ अपचलन गरिएको आरोप लगाएका छन्।सहकारीका सर्भिस काउन्टरहरू पेप्सीकोला र कालिमाटीमा सञ्चालनमा थिए।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार ४ जना प्रतिवादीसँग बयान लिइएको छ।अन्य प्रतिवादीहरू फरार छन्।अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

१७ जना जाहेरवालामध्ये अञ्जना विसुन्खेसहितको जाहेरीमा रकम निजी प्रयोजनमा प्रयोग भएको उल्लेख छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban