”पैदल यात्रामा लागेका युवकको साथबाट ब्राउन सुगरसहित बारा प्रहरीले गर्‍यो पक्राउ”

रातोघर

 २०८२ श्रावण १५, बिहिबार  मा प्रकाशित
३०७ पाठक संख्या


बारा, सिमरा – बारा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका–१ घोडासाहन निवासी २२ वर्षीय अजमुलहक अंसारी रहेका छन्।
बुधवार साँझ फेटा गाउँपालिका–१ भलुहीस्थित सडकखण्डमा चेकजाँचका क्रममा अंसारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल यात्रा गरिरहेका अंसारीलाई शंका लागि रोकी खानतलासी गर्दा उनको साथबाट लागूऔषध फेला परेको हो।
प्रहरीका अनुसार अंसारीले प्लास्टिकमा लुकाईछिपाई राखेको अवस्थामा ब्राउन सुगरको दुई प्रकार फेला परेको छ — करिब ६०० मिलिग्राम सुख्खा पदार्थ र १४६ ग्राम ५८० मिलिग्राम लेदो पदार्थ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार अंसारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban