

सिमरा,बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा हालै नियुक्त नगरप्रहरीहरुको लागि १ महिने आधारभूत तालिम आइतबार देखि सुरु भएको छ । तालिमको उद्घाटन उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गरेका हुन् ।
तालिममा नगरप्रहरी सहायक निरीक्षक विज्ञान कुमार लामा, सहायक निरीक्षक सुरक्षा विश्वकर्मा, १२ जना नगरप्रहरी जवान तथा अग्नि नियन्त्रण (दमकल) शाखाका ५ जना गरी कुल २० जना सहभागी छन् ।
उक्त तालिम सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराले सञ्चालन गर्नेछ । तालिममा प्रमुख प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामी सहित ७ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन्।
तालिम उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, प्रशासकीय अधिकृत (आठौं) बालाराम खड्का, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष महोन शर्मा लामिछाने, मेयरका स्वकीय सचिव रामकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी गण नं. १२ का गणपति प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर के.सी.को अध्यक्षतामा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो । नगरप्रहरीको क्षमता अभिवृद्धि तथा नगर क्षेत्रमा शान्ति–सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।






Write your Comment