सिमरा क्याम्पसमा शम्भु खरेल नयाँ क्याम्पस प्रमुख नियुक्त

रातोघर

 २०८२ श्रावण १८, आईतबार  मा प्रकाशित
४१७ पाठक संख्या


बारा । बाराको उत्तरी क्षेत्रको अग्रणी शैक्षिक संस्था सिमरा क्याम्पसले नयाँ प्रशासनिक नेतृत्व पाएको छ। क्याम्पस व्यवस्थापन समितिले शम्भु खरेललाई तेस्रो क्याम्पस प्रमुखको रूपमा नियुक्त गरेको हो।

पूर्व प्रमुख राम अधिकारीको कार्यकाल सकिएसँगै करिब ६ महिनाअघि नयाँ प्रमुख चयनको प्रक्रिया थालिएको थियो। प्रमुख नियुक्तिका लागि क्याम्पसमा कार्यरत चार जना शिक्षकहरूबीच प्रतिस्पर्धा गराइएको थियो।

शनिवार सम्पन्न छनोट प्रक्रियापछि खरेलको नियुक्ति गरिएको समितिका अध्यक्ष मधुकर अधिकारीले जानकारी दिए। यसअघि संस्थापक प्रमुख सुमनकुमार भट्टराई र त्यसपछि राम अधिकारी प्रमुखका रूपमा कार्यरत थिए। खरेल तेस्रो क्याम्पस प्रमुख हुन्।

कसरी भयो छनोट ?
नयाँ प्रमुखको छनोट आन्तरिक प्रतिस्पर्धाबाट गरिएको हो। छनोट प्रक्रियामा विज्ञहरूका साथै जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर र उपमेयरसमेतको उपस्थिति थियो।

चार वर्षे कार्यकालका लागि प्रस्तुत कार्ययोजना र प्रस्तुतिकरणका आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कन समितिले माघ महिनामै प्रतिवेदन व्यवस्थापन समितिमा बुझाएको थियो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban