

भोजपुर घर भई हाल काठमाडौंमा रहेका विभिन्न पेशा, व्यवसाय र पार्टीमा सक्रिय व्यक्तिहरूले सदस्यता वितरण सहज बनाउन प्रिन्टर, सदस्यता कार्ड, मसी, फोटो पेपरलगायत सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री एमाले भोजपुरका सचिव एक्सन राईले बुझेका छन् ।
सहयोगी मनहरूलाई धन्यवाद दिँदै सचिव राईले यो सहयोगले पार्टीको सदस्यता अभिलेख व्यवस्थित गर्न र डिजिटल प्रणालीमा रूपान्तरण गर्न सहयोग पुग्ने बताए । उनका अनुसार भोजपुरका ८१ वटै वडाका ३०५७ संगठित सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको सदस्यता कार्ड वितरण गरिनेछ ।
सहयोगीमध्येका एक राजकुमार कार्कीले यो सहयोगले पार्टी अभियान सफल बनाउन र कामकाज सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।





Write your Comment