मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरियो 

रातोघर

 २०८२ श्रावण १९, सोमबार  मा प्रकाशित
२७९ पाठक संख्या


मुख्यमन्त्री लामाले आफ्नो राजीनामा पत्र सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका हुन् । प्रदेश प्रमुख दिपक देवकोटा स्वास्थ्य उपचारपछि सोमबार हेटौँडा फर्किएपछि उक्त पत्र निवासमै बुझाइएको हो ।

प्रदेश प्रमुख हाल निवासमा आराम गरिरहेका छन् । प्रदेश सरकारको नेतृत्वमा आएका लामाले कुन कारणले राजीनामा दिएका हुन् भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि पछिल्लो समय दलहरूको नयाँ समीकरण बन्ने चर्चा चलिरहेको सन्दर्भमा उनको राजीनामा आएको हो भन्ने अनुमान गरिएको छ ।

राजीनामा पत्र प्राप्त भएसँगै अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने छन् । प्रदेशसभा नियमावली र नेपालको संविधान अनुसार बहुमतको दाबी पेस गर्ने सांसदको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban