बहुविवाहलाई केही अवस्थामा वैधता दिने प्रस्तावमाथि संसदमा कानूनमन्त्रीसँग जवाफ माग

रातोघर

 २०८२ श्रावण १९, सोमबार  मा प्रकाशित
३२६ पाठक संख्या


हालै सार्वजनिक गरिएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा संशोधन गर्दै केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्ताव अघि सारिएको विषयमा संघीय संसदमा प्रश्न उठेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सत्तारूढ दल नेकपा (एमाले) की सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सचेतक रुपा शोशी चौधरीले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसिया सँग स्पष्ट जवाफ माग गरेका हुन्।

उनीहरूले सरकारद्वारा तयार पारिएको विधेयकको मस्यौदामा ”वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुषले अन्य महिलासँग शारीरिक सम्बन्धबाट शिशु जन्मिएमा विवाह गर्न चाहेमा विवाह गर्न सक्ने” भन्ने प्रावधान राखिएको हो कि होइन भनी प्रश्न उठाएका हुन्।

सांसदद्वयले यस्तो प्रकारको प्रावधानले सामाजिक र पारिवारिक संरचनामा असर पार्न सक्ने भन्दै कानुन निर्माणमा सामाजिक मूल्य र परम्परा पनि विचार गर्नुपर्ने आवश्यकता औंल्याए।
यस विषयमा कानूनमन्त्री चौरसियाले अझै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban