जीतपुरसिमरा उपमहानगरपालिकाले व्यवसाय नविकरणमा दियो भारी कर छुट

रातोघर

 २०८२ श्रावण १९, सोमबार  मा प्रकाशित
४४४ पाठक संख्या


सिमरा,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले व्यवसाय नविकरण तथा दर्तासम्बन्धी महत्वपूर्ण सूचना जारी गर्दै कर छुटको सुविधा दिएको छ । सोमबार जारी गरिएको सूचनामा चालु आर्थिक वर्ष २०८२/८३ का लागि व्यवसाय नविकरण गर्ने व्यवसायीहरूलाई राहत प्रदान गरिएको उल्लेख गरिएको छ ।

जारी सूचना अनुसार उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित व्यवसायहरूले यदि तीन वर्षभन्दा बढीको कर वक्यौता रहेको भएपनि, चालु वर्षमा एकमुष्ठ दाखिला गर्ने हो भने २०७९/८० देखि शुरु हुने कर मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था जीतपुरसिमराको १२औं नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम, बजेट वक्तव्य र आर्थिक ऐन २०८२ अनुसार गरिएको हो ।

उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख राम प्रसाद शर्मा पौडेलद्वारा जारी सूचनामा व्यवसायीहरूलाई यस्तो सुविधा लिँदै निर्धारित म्यादभित्र व्यवसाय नविकरण गर्न आग्रह गरिएको छ । साथै, नयाँ व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूले अनिवार्य रूपमा व्यवसाय दर्ता गरेर मात्र सेवा सुरु गर्न सूचित गरिएको छ ।

यस सूचनाको जानकारी सबै वडा कार्यालयहरूलाई समेत गराइएको छ । कर छुटको अवसर एकपटक मात्र प्रदान गरिने भएकोले व्यवसायीहरूले चाँडै प्रक्रिया पूरा गर्नुपर्ने राजस्व प्रशासन प्रमुख पौडेलले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban