

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ अफ पिरियड’ सम्बन्धी छेडखानी प्रकरणको अध्ययन र छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
समितिका संयोजक सांसद जीवन परियारले सोमबार सभामुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। समितिले सरोकारवालासँग व्यापक छलफलपछि २९ दिन लगाएर प्रतिवेदन तयार गरेको हो। छानबिन अवधिमा समितिको कुल ३७ वटा बैठक बसेको थियो।
प्रतिनिधिसभाले गत असार २३ गते सात सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, र राप्रपाबाट रोशन कार्की रहेका थिए।
समितिले विधेयकमा देखिएको त्रुटिलाई सम्बोधन गर्न सुझावसहितको प्रतिवेदन तयार पारेको बताइएको छ।





Write your Comment