

काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदनले आफूलाई दोषी नठहरेको दाबी गरेका छन्।
प्रतिवेदन संसदमा पेस भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै खतिवडाले सुरुदेखि नै दोष देखिए कारबाही भोग्न तयार रहेको बताएका थिए। उनले भने, “मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रिय सभाले सच्याएर विधेयक ल्याओस् भन्ने पक्षमा छु।”
खतिवडाले आफूले हस्ताक्षर गरेको विधेयकको मस्यौदामै कुलिङ पिरियडको व्यवस्था रहेको जिकिर गर्दै छानबिन समितिले प्रतिवेदनमा कसैको नाम स्पष्ट रूपमा उल्लेख नगरेको कारण आफू राजीनामा नदिने बताए।





Write your Comment