

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेका भन्दै तिनीहरूका लागि कनेक्टिभिटी नै न्याय हुने बताएका छन्।
तुर्केमिनिस्तानमा जारी भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री ओलीले साइड इभेन्टमा सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “भूपरिवेष्टित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग भएका हुन्। तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ — खोल्नु कर्तव्य हो, अनुग्रह होइन।”
उनले अवरोधलाई नवप्रवर्तनमा रूपान्तरण गर्दै यसलाई साझा समृद्धिको इन्जिन बनाउन आह्वान गरेका थिए।





Write your Comment