

बढुवामा विभेद भएको भन्दै एसपी विमल बस्नेतले दिएको उजुरी फर्स्यौट भएपछि रोकिएको ३५ जना प्रहरी अधिकृतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ। गृह मन्त्रालयले उजुरीमा कानुनी अन्याय नदेखिएको निष्कर्ष निकालेपछि प्रक्रिया अगाडि बढ्न लागेको हो। डीआईजी विनोद घिमिरेका अनुसार गृहको पत्र आएलगत्तै दर्ज्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय हुनेछ। साउन ५ गते सार्वजनिक सिफारिसअनुसार एसएसपी, एसपी र डीएसपी तहका अधिकृतहरू बढुवाका लागि सिफारिस भएका थिए।





Write your Comment