

सिमरा, बारा । नापी कार्यालय सिमरा बाराले तीनवटा बाणिज्य बैंकहरूलाई पुराना ब्लुप्रिन्ट नक्साहरू खोज्नी दिन अनुरोध गर्दै गुहारेको छ । कार्यालयले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलाई पत्र पठाउँदै आफ्ना कार्यक्षेत्रभित्र पर्ने विभिन्न स्थानका पुराना नक्साहरू आवश्यक परेको जानकारी गराएको हो ।
कार्यालयले आफ्नो कार्यक्षेत्रको केही स्थानहरु तोकेर डिजिटल नक्सा उपलब्ध नभएकाले जग्गा वर्गीकरण तथा डिजिटल अभिलेखनका लागि सहजीकरण आवश्यक परेको पत्र मार्फत जानकारी गराएको छ ।
उक्त पत्रमा भनिएको छ, “धेरैजसो नक्साहरू निकै पुराना भई प्रष्ट नदेखिने हुँदा, बैंकमा राखिएका यदि कुनै पुराना ब्लुप्रिन्ट नक्साहरू भएमा कार्यालयका कर्मचारीमार्फत फिर्ता पाउने गरी उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ ।” पत्रमा सम्बन्धित बैंकहरूमा कुनै पनि व्यक्तिले राखेका यस्ता नक्साहरू फेला परेमा, फिर्ता हुनेगरी ति नक्साहरु नापी कार्यालयलाई उपलब्ध गराई सहज बनाइ दिन अनुरोध गरिएको छ ।
जग्गाको बर्गिकरण हुन नसक्दा २०८२ साउन १ गते देखी देशको करिब ५ सय पालिकाहरुमा जग्गाको कित्ताकाट रोकिएको छ । जसको असर जीतपुरसिमरा उपमहानगरपालिकामा समेत परेकोले समस्या झेल्नु परि राखेको छ ।
नापी कार्यालयले कुन कुन क्षेत्रको खोज्दैछ नक्साहरुः






Write your Comment