जीतपुरसिमरा उपमहानगरको उद्योग माथी बातावरण संरक्षण शुल्क, पहिलो शुल्क बुझाउने उद्योग बन्यो रियान क्रसर

रातोघर

 २०८२ श्रावण २१, बुधबार  मा प्रकाशित
४३० पाठक संख्या


सिमरा, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरण संरक्षण शुल्क शीर्षक अन्तर्गत पहिलोपटक राजस्व संकलन गरेको छ । उपमहानगरपालिका–१२ मा सञ्चालित रियान एग्रिगेट इण्डष्ट्रिज प्रा.लि.ले आईतवार कार्यालयमैं उपस्थित भई १ लाख वातावरण संरक्षण शुल्क बापत राजस्व दाखिला गरेको हो ।

राजस्व शाखाका प्रमुख राम प्रसाद शर्मा पौडेलका अनुसार, आर्थिक ऐन २०८२ को बुँदा नं. १७ बमोजिम, क्रशर उद्योगले वातावरणीय प्रभावका आधारमा यो शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ। पौडेलका अनुसार चालु आर्थिक वर्षदेखि लागू भएको यो व्यवस्थाअनुसार उपमहानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योग तथा कलकारखानाले यो शुल्क अनिवार्य रूपमा तिर्नुपर्नेछ ।

ऐनमा के छ उल्लेख? आर्थिक ऐन २०८२ को बुँदा नम्बर १७ अनुसारः
“उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेको उद्योग तथा कलकारखानाबाट वा अन्य कुनै क्रियाकलापबाट उत्सर्जन तथा सिर्जित हुने ध्वनी, वायु, जल तथा माटो प्रदूषण आदिको उचित रोकथाम र नियन्त्रणका लागि सम्बन्धित उत्सर्जनकर्ताबाट अनुसूची १६ बमोजिम वातावरण संरक्षण शुल्क लिइनेछ।“

उद्योगका वातावरणीय प्रभावका आधारमा उनीहरुलाई २२ भागमा वर्गीकृत गरिएको छ र वर्गअनुसार शुल्क दर पनि फरक–फरक तोकिएको छ । साना तथा ठूला उद्योगका लागि तोकिएको शुल्क अनुपातमा भिन्न हुने प्रावधान ऐनमा उल्लेख छ ।

उपमहानगरपालिकाले पहिलो उद्योगबाट वातावरण संरक्षण शुल्क उठाएपछि अब अन्य उद्योगहरुबाट पनि राजस्व संकलनको प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ । उद्योगले प्रदुषण मात्र गर्ने तर समाजको लागि केही गरेन भन्ने आवाज उठि राखेको समयमा वातावरणीय सतर्कता र दिगो विकासका लागि यो कदमलाई महत्वपूर्ण रुपमा हेर्न सकिन्छ । यसले उपमहानगरपालिकाको आन्तरिक राजस्व संकलनमा बृद्धि गर्नेछ ।

वातावरण संरक्षण शुल्क अन्तर्गत कुन उद्योगले कति बुझाउनु पर्ने छ यो हेर्नुहोस्:

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban