भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउँदै

रातोघर

 २०८२ श्रावण २२, बिहिबार  मा प्रकाशित
४१३ पाठक संख्या


काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते काठमाडौं आउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्।

एक वर्षको बीचमा मिश्रीको यो दोस्रो नेपाल भ्रमण हो। अघिल्लो पटक उनी गत वर्ष साउन तेस्रो साता नेपाल आएका थिए, जब ओली प्रधानमन्त्री बनेको एक महिना मात्र भएको थियो।

प्रधानमन्त्री ओलीले चौथो कार्यकालको एक वर्ष पूरा गर्दै भदौको अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। यसअघि दुई देशबीच सचिवस्तरीय संयन्त्रको बैठकसमेत सम्पन्न भइसकेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban