

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो १ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक स्थिति, पार्टीका विभागीय प्रगति रिपोर्ट, रुपन्देही उपनिर्वाचन तयारी, विधान व्याख्या र विभागीय मनोनयनबारे छलफल हुनेछ। साथै, संगठन सबलीकरण, विदेशस्थित नेपालीलाई मताधिकार दिलाउने पहल, सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान र बजेट प्रस्ताव पनि बैठकको एजेन्डामा छन्।





Write your Comment