माओवादी केन्द्रले वैकल्पिक सदस्य सीमा हटायो

रातोघर

 २०८२ श्रावण २३, शुक्रबार  मा प्रकाशित
२५५ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यसमितिमा वैकल्पिक सदस्य बढीमा ५० प्रतिशतसम्म मात्र बनाउन सकिने प्रावधान हटाएको छ। स्थायी कमिटीको निर्णयअनुसार अब आवश्यक परे प्रतिशतमा थपघट गर्न सकिनेछ।

सर्कुलरमार्फत पार्टी पंक्तिलाई जानकारी दिँदै, वैकल्पिक सदस्य थप गर्दा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने उल्लेख गरिएको छ। यसअघि माओवादीले केन्द्रीय सदस्य संख्या सीमाबिना बढाउन सक्ने व्यवस्था गरेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban