

कञ्चनपुर । नेकपा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओलीबिना एमालेको, र एमालेबिना नेपालको कल्पना नै असम्भव भएको बताएकी छन्। सुदूरपश्चिममा आयोजित प्रेस चौतरीको बैठकमा उनले ओली नेतृत्वमै एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको भन्दै आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य हुने दाबी गरिन्।
पालले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको सार’ भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई त्यसमा एकजुट हुन आह्वान गरिन्। उनका भनाइ एमालेभित्र नेतृत्व र अनुशासनबारे चलिरहेको बहसबीच आएको हो।





Write your Comment