

ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लामा परीक्षण गरिएका २८ पानीका नमुनामध्ये ११ मा फिकल कोलिफर्म जीवाणु भेटिएको जनाएको छ। गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाबाट सङ्कलित जार पानीको नमुनामा यस जीवाणु पुष्टि भएको हो।
कार्यालय प्रमुख डा. भुवन पौडेलका अनुसार फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो, जसले झाडापखाला, हैजा र टाइफाइडजस्ता सरुवा रोग फैलाउन सक्छ। उनले दूषित पानी पिउनबाट बच्न जनतालाई सचेत रहन आग्रह गरेका छन्।





Write your Comment