बाग्मती प्रदेशसभामा विश्वासको मतका लागि कांग्रेस संसदीय दलको बैठक आह्वान

रातोघर

 २०८२ श्रावण २५, आईतबार  मा प्रकाशित
२२५ पाठक संख्या


मकवानपुर — नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले शनिबार काठमाडौँमा बसेको बैठकले प्रदेशसभाको साउन २७ गते मङ्गलबार दिउँसो ४ बजे विश्वासको मतका लागि बैठक बोलाउने निर्णय गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले संसदीय दलका सदस्यलाई अनिवार्य उपस्थिति र विश्वासको मतमा ह्वीप जारी गरेको छ।

साथै, संसदीय दल कार्यसमिति र तीन सदस्यीय अनुशासन समिति गठन गरिएको छ। कार्यसमितिमा श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, राजु श्रेष्ठ र कन्चनचन्द्र बादे रहेका छन्। अनुशासन समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने छन्।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban