निजगढकी अनु माझी साफ यु–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा

रातोघर

 २०८२ श्रावण २६, सोमबार  मा प्रकाशित
१९९ पाठक संख्या


निजगढ– निजगढ फुटबल क्लबकी उदयीमान खेलाडी अनु माझी भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएकी छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सार्वजनिक गरेको २३ सदस्यीय अन्तिम टोलीमा अनुको पनि नाम परेको हो। टोली छनोटका लागि एन्फाले देशव्यापी खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो।

साफ यु–१७ महिला च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ गतेसम्म भुटानमा हुनेछ। प्रतियोगितामा नेपाल, आयोजक भुटान, भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा नेपालले अगस्ट २० मा भारतसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban