संघीय संसद्का चार समिति बैठक आज

रातोघर

 २०८२ श्रावण २६, सोमबार  मा प्रकाशित
१७७ पाठक संख्या


काठमाडौँ — संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछन्।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुनेछ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल हुनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५ सम्बन्धी छलफल हुनेछ।त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban