आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने विधेयक अघि बढ्यो

रातोघर

 २०८२ श्रावण २६, सोमबार  मा प्रकाशित
२२२ पाठक संख्या


काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाका आधारमा सन्तानलाई नेपाली नागरिकता दिने उद्देश्यसहित नागरिकता सम्बन्धी कानून संशोधन अघि बढाइएको बताएका छन्।
सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले बुबाको पत्ता नलाग्ने वा ल्याउन नसकिने अवस्थामा आमाले गरेको घोषणाबाट सन्तानलाई नागरिकता दिने प्रावधान विधेयकमा समावेश गरिएको जानकारी दिए।
आमाको थर राखेर नागरिकता लिँदा सम्पत्ति अधिकारमा असर नपर्ने स्पष्ट पार्दै उनले ब्रिटिस गोर्खाका सन्तानको नागरिकता विषय संवैधानिक संशोधनको विषय हुन सक्ने बताए।
त्यस्तै, अंगीकृत नागरिकतामा आमाले समेत विदेशको नागरिकता नलिएको स्वघोषणा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको उनले उल्लेख गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban