

भक्तपुर — बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारण भएको बताएका छन्। मंगलबार नेपाल प्रेस सोसाइटी भक्तपुरको कार्यक्रममा उनले कांग्रेसभित्र दश–दश महिनामा सरकारको नेतृत्व बदल्ने सहमति भएकै कारण बहादुरसिंह लामाको सरकार विस्थापित भई इन्द्रबहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको बताए।
थापाले भारतमा स्थिर सरकारका कारण विकास सम्भव भएको उदाहरण दिँदै बागमतीमा बारम्बार सरकार परिवर्तन हुँदा जनतामा नकारात्मक सन्देश गएको र राम्रा काम पनि ओझेलमा परेको जिकिर गरे। उनले कांग्रेसभित्रको मतभेद अझै नटुंगिएकाले विश्वासको मत अर्को दिन सारिन सक्ने सम्भावना पनि व्यक्त गरे।





Write your Comment