कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १३ जनाको मृत्यु

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२९८ पाठक संख्या


युएई — कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवनका कारण ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृतकमध्ये अधिकांश भारतीय र केही नेपाली रहेका छन्। मृत्यु हुने नेपालीमध्ये ५ पुरुष र १ महिला छन्। २ जना आदान अस्पतालमा र ४ जना सालबियास्थित मजदुर शिविरमा मृत्यु भएका हुन्।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार गत शनिवारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुने क्रम बढेको छ। बुधवारसम्म ६३ जना अस्पतालमा भर्ना भएका छन्, जसमा ५१ जनाले मिर्गौला डायलासिस गरिरहेका छन्, ३१ जना भेन्टिलेसनमा छन्, र २१ जनामा दृष्टिदोष देखिएको छ।

अनुसन्धान अनुसार मदिरामा मेथानोल मिसाइएको पाइएको छ, जुन उद्योगमा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने रसायन हो। कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भए पनि लुकिछिपी उत्पादन र बिक्री भइरहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban