वामदेव गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेता, १३ जनालाई जिम्मेवारी

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२३८ पाठक संख्या


काठमाडौं — नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउँदै पार्टीमा तेस्रो वरियतामा राखेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको हो।

गौतमसँगै आएका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यसबाहेक भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban