मनोहरा किनारमा डोजर चल्दा सुकुम्बासी र प्रहरीबीच तनाव

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२७७ पाठक संख्या


काठमाडौं — मनोहरा किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्। आक्रोशित भिडले डोजरमा समेत तोडफोड गरेका छन्।

महानगरको नगर प्रहरी टोली सुकुम्बासी बस्तीमा बनेका नयाँ घर र टहरा हटाउन पुगेको थियो। सम्भावित झडपको आशंकामा नेपाल प्रहरीको टोली पनि साथमा थियो।

गत साउन ८ गते गोरखापत्रमार्फत व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको सूचना जारी गरिएको थियो। नयाँ संरचना निर्माण भएपछि महानगरले डोजर प्रयोग गरेको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban