श्रीकृष्ण जन्माष्टमीको अवसरमा १ सय १ जनाले गरे रक्तदान

रातोघर

 २०८२ श्रावण ३१, शनिबार  मा प्रकाशित
३३३ पाठक संख्या


सिमरा । “दुव्र्यसन त्यागौं, सेवामुखी बनौं” भन्ने नारासहित श्रीकृष्ण जन्माष्टमी–२०८२ को अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बाराको जीतपुरसिमरा–४ औराहा स्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका छन् । तीमध्ये ९६ जना पुरुष र ५ जना महिला सहभागी भएको परिषद्ले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र वीरगंजले प्राविधिक सहयोग प्रदान गरेको थियो । “रक्तदान जीवनदान” भन्ने मूलभावसहित परिषद्ले अघि बढाएको यो अभियानलाई स्थानीय समुदायले उत्साहपूर्वक समर्थन जनाएका छन् ।

युवा परिषद्ले आफ्नो अभियान “घर घर जागनी, जन जन जागनी” मार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै दुव्र्यसनमुक्त, सेवामुखी समाज निर्माणतर्फ योगदान दिने लक्ष्य राखेको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban