टेलिकमको ‘रिङ ब्याक टोन’ बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

रातोघर

 २०८२ भाद्र २, सोमबार  मा प्रकाशित
३१९ पाठक संख्या


काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइलमा बजाइने ‘रिङ ब्याक टोन’ बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर दायर गरेको रिटमा उपभोक्तालाई अनावश्यक रिङ ब्याक टोन सुन्न बाध्य पारिएको उल्लेख गरिएको छ ।

रिटमा यस्तो सेवा उपभोक्ताको इच्छाविपरीत रहेकाले मानसिक तनाव सृजना गर्ने, सस्तो र गुणस्तरीय सेवा दिनुपर्नेमा हैरानी दिने काम भएको दाबी गरिएको छ । साथै, यसले उपभोक्ता निजी टेलिकम र ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्ता विदेशी सेवा प्रयोग गर्न बाध्य भएकाले राज्यको राजस्वमा घाटा पुगेको जिकिर गरिएको छ ।

रिटमार्फत विभिन्न चाडपर्व, महोत्सव र अवसरमा बजाइने रिङ ब्याक टोन तुरुन्त बन्द गर्न परमादेश जारी गर्न माग गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban