उपसभामुख हटाउने तयारीमा कांग्रेस–एमाले, नागरिक उन्मुक्तिसँग सहयोगको खोजी

रातोघर

 २०८२ भाद्र ३, मंगलबार  मा प्रकाशित
२९२ पाठक संख्या


काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर संकलन थालेका बेला नागरिक उन्मुक्ति पार्टीसँग पनि सहयोग मागिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पुगेकी थिइन् । त्यहाँ उनको भेट कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भएको थियो ।

रानामाथि अविश्वास प्रस्ताव ल्याउन दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले कांग्रेस र एमाले मात्र मिलेर पर्याप्त संख्या नपुग्ने देखिएको छ । त्यसैले अन्य दल, विशेषगरी नागरिक उन्मुक्तिलाई साथ दिन कांग्रेस सक्रिय भएको बुझिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban