असोज १ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट : यातायात विभागको निर्देशन

रातोघर

 २०८२ भाद्र ३, मंगलबार  मा प्रकाशित
२८१ पाठक संख्या


काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने जानकारी दिएको छ ।

मंगलबार विभागले जारी गरेको सूचनामा भनिएको छ कि प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमार्फत सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

सूचनामा विभागले भनेको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारी धनीहरूले सम्बन्धित यातायात कार्यालयमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन जानकारी गराइन्छ ।”

यसअघि २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार विभागले असोज १ बाट लागू हुने व्यवस्था कार्यान्वयन गर्न सवारी धनीलाई अग्रिम तयारी गर्न आग्रह गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban