राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षमा महाराज गुरुङ

रातोघर

 २०८२ भाद्र ४, बुधबार  मा प्रकाशित
२५२ पाठक संख्या


काठमाडौं । राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराज गुरुङले पाएका छन्।

संगठनका अध्यक्ष क्षितिज थेबे निजी भ्रमणका सिलसिलामा भारततर्फ जाँदै गर्दा उनले उपाध्यक्ष गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्।

गुरुङले यसअघि पोखरामा सम्पन्न महाधिवेशनमा क्षितिजलाई अध्यक्ष जिताउने र आफू टिमको पहिलो वरियताको उपाध्यक्ष बन्ने भद्र सहमति गरेका थिए। दुई वर्षको कार्यकालमै अध्यक्ष बन्ने सहमतिअनुसार उनले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।

अध्यक्ष थेबेलाई बिदा गर्न कार्यवाहक अध्यक्ष गुरुङसहित महासचिव महेश चौलागाई, सचिव मदन भण्डारी, उपेन्द्र शाहीलगायत नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban