

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि जनसुनुवाइ कार्यक्रममा दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्यमन्त्री निवासमा आयोजित कार्यक्रममा एक व्यक्तिले उनको हात समातेर आफूतिर तान्ने प्रयास गर्दा धक्कामुक्की समेत भएको भारतीय सञ्चारमाध्यम पीटीआईले उल्लेख गरेको छ।
दिल्ली प्रहरीले पक्राउ परेका ती व्यक्ति ४१ वर्षीय राजेशभाइ सकरिया रहेको जानकारी दिएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै बीजेपी दिल्लीका अध्यक्ष वीरेन्द्र सचदेवाले हमला गर्ने व्यक्तिको बारेमा विस्तृत विवरण अझै प्राप्त नभएको बताए।





Write your Comment