गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक

रातोघर

 २०८२ भाद्र ४, बुधबार  मा प्रकाशित
२८३ पाठक संख्या


काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको परमादेशपछि आकस्मिक बैठक आह्वान गरेको छ।

मोर्चाका नेता केशव झाका अनुसार बैठक आज बेलुका ५ बजे थापागाउँस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा गौर हत्याकाण्डको अनुसन्धान, रुपन्देही–३ को उपनिर्वाचन तयारी तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ। गौर घटनाको छानबिन गर्न अदालतले अनुमति दिएपछि मधेश केन्द्रित दलहरूबीच तरंग देखिएको छ। मोर्चामा आवद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सो घटनाको योजनाकारका रूपमा लिइन्छ।

यसबाहेक, मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय पहिले गरिसकेको भए पनि नाउपा अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउने विषयमा पनि छलफल हुने भएको छ।

त्यसैगरी, कांग्रेस र एमालेले अघि सारेको उपसभामुखलाई हटाउने तयारीबारे पनि बैठकमा रणनीति तय हुने अपेक्षा गरिएको छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्‍याउन मोर्चामा आबद्ध दलहरू निर्णायक हुने देखिन्छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban