

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदच्युत गर्न कांग्रेस र एमालेले अघि सारेको प्रयासप्रति कडा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ शक्ति र नयाँ नेताहरूलाई निषेध गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए।
उनले भने, “उहाँले जति सम्मान पाउनुभएको छ, तपाईंहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ। सांसद आफैंमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।”
परियारले आफूहरूलाई कमजोर बनाउन खोजिए पनि निषेध गर्न नसकिने बताए। साथै, सदनमाथि बारम्बार आक्रमण भइरहेकामा मौन बस्न नसकिने चेतावनी समेत दिए।





Write your Comment