गाजामा इजरायली आक्रमण : ८३ प्रतिशत निर्दोष सर्वसाधारणको मृत्यु

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
२४९ पाठक संख्या


काठमाडौं । इजरायलले गाजामा मारेका मानिसहरूमध्ये ८३ प्रतिशत निर्दोष सर्वसाधारण रहेको खुलासा भएको छ । ब्रिटिश पत्रिका द गार्जियन ले इजरायली सेनाकै आन्तरिक रिपोर्टलाई उद्धृत गर्दै प्रकाशित गरेको विशेष अनुसन्धानमा गाजामा मारिएका प्रत्येक ६ जना प्यालेस्टिनीमध्ये ५ जना निर्दोष सर्वसाधारण रहेको पुष्टि भएको हो ।

गत दुई वर्षको अवधिमा मात्रै इजरायलले गाजामा ६५ हजारभन्दा बढी मानिसको हत्या गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ । तीमध्ये करिब ८ हजार ९ सय मात्र हमास लडाकु रहेको र बाँकी ५३ हजारभन्दा बढी निर्दोष र निहत्था नागरिक रहेको पुष्टि भएको छ । मृतकहरूमध्ये ४० प्रतिशतभन्दा बढी बालबालिका रहेको बताइएको छ । यस नरसंहारलाई शताब्दीकै भयावह जातीय संहारको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

द गार्जियन, प्लस ९७२ म्यागेजिन र लोकल कलले संयुक्त अनुसन्धान गर्दै सार्वजनिक गरेको तथ्याङ्कलाई इजरायली सेनाले पनि अस्वीकार गर्न नसकेको उल्लेख गरिएको छ ।यसैबीच, इजरायलको च्यानल १२ मा लिक भएको एक अडिओमा सैन्य गुप्तचर विभागका तत्कालीन प्रमुख अहारोन हालवाले गाजामा ५० हजार मानिस मारिएको कुरालाई भावी पुस्ताका लागि स्मरण गर्नुपर्ने बताएका छन् । अडिओमा उनले हमासका प्रत्येक एक लडाकु मारिनुको बदलामा ५० जना प्यालेस्टिनी मारिनुपर्ने नीति रहेको संकेत गरेका छन् ।

हालवाले भनेका छन्, “५० हजार प्यालेस्टिनी मारिएको कुरा भावी सन्ततिलाई भन्नुपर्छ । हाम्रो एकजनाको सट्टा उनीहरूको ५० जना मारिनुपर्छ । परिणाम महसुस गर्न उनीहरूलाई बेलाबेलामा एउटा ‘नाक्बा’ चाहिन्छ ।”“नाक्बा” अर्थात् विपत्ति सन् १९४८ मा इजरायलको स्थापना क्रममा गरिएको प्यालेस्टिनीहरूको हत्या र जातीय सफायालाई जनाउने शब्द हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban