मुलुकभर दूध अभाव

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
३४१ पाठक संख्या


डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दुूध आपूर्ति हुन सकेको छैन ।

दूध कम उत्पादन हुने (लिन) सिजनको सध्य समय पर्नु र भारतबाट स्किम मिल्क पाउडर (एसएमपी) आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो ।

दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नोेभा डेरीले शनिबार बजारमा दूत नै पठाउन नसकेको जनाएको छ ।

‘एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा एक पोका दूध पनि बजारमा पठाउन सकिएन,’ नोभा डेरीको उत्पादक कन्ट्री फुुड प्रा.लिका सञ्चालक दिपक खड्काले भने, ‘बजारमा उच्च माग रहेको सिजनमा ३० प्रतिशत घटाएर पठाइरहेका छौं, विस्तारै उद्योग धरासयी हुने अवस्थामा छ

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban