ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
२६६ पाठक संख्या


घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।

घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए। उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्‍यो। तर पत्ता लागेन। केही दिनपछि युवकको शव पोखरीमै भेटियो।

यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ। तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन्।

एक वर्ष अवधिमा ५ नं प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए। उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ।

नदी, ताल, पोखरी र इनारमा डुबेर रूपन्देहीमा ३३, कपिलवस्तुमा २८ र नवलपरासीमा ५ जनाको मृत्यु भएको छ। यस्तै पाल्पामा १३, अर्घाखाँचीमा एक, गुल्मीमा ६ र प्युठानमा १४ जनाको डुबेर ज्यान गएको छ। डुबेर मृत्यु हुनेमा रोल्पामा ३, रुकुम पूर्वमा एक, बाँकेमा ४ र बर्दियामा २२ रहेको प्रवक्ता पोखरेलले बताए।

पोखरी खन्ने तर तारबार र कुनै संकेत चिह्न नराखिँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेको घोराही–१७ का अमर आचार्यले बताए।

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban