गुडिरहेको मोटरसाइकलबाट खस्दा युवतीको मृत्यु

रातोघर

 २०७६ श्रावण २०, सोमबार  मा प्रकाशित
२८१ पाठक संख्या


काठमाडौं ।

गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आज (आइतबार) बिहान बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए ।

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban