

काठमाडौं ।
नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।आज चाँदी तोलामा ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।
annapurnapost.com





Write your Comment