

भक्तपुरको मध्यपुर थिमी चोकदेखि करिब एक किमीको हाइवे सडक पारगेपछि राधेराधे चोक आउँछ । चोकमै अडिएर यसो अघिल्लतिर नियाल्दा सामुन्ने एउटा निर्माणाधीन अवस्थाको अग्लो भवन देखिन्छ । भक्तपुर काठमाडौं ओहोर दोहोर गर्ने यात्रु यो भवन देख्दा प्रश्न गर्छन्, यत्रो अग्लो भवन कसले के प्रयोजनका लागि बनाउँदै होला ?
लामो समयमसम्म निर्माणाधीन अवस्थामा रहेको यो भवन निर्माण कार्य थालिएको झण्डै दश वर्ष बितेको छ । तर, निर्माण कार्यले भने अझै पूर्णता पाएको छैन बरु विवाद थपिएको छ । राधेराधे चोकस्थित ६ रोपनी ३ आना क्षेत्रफलमा बनेको यो भवन अवैध रहेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।
मापदण्ड विपरीत निर्माण भएपछि नगरपालिकाले निर्माणाधीन अवस्थामा रहेको भवनको काम रोकेको उनले बताए । ‘पाँच तलाको स्वीकृत लिएर १७ तला बनाइयो । राजकुलो पुरेर नगरपालिकाको बीचमा यस्तो अग्लो भवन बनाउनु गैरकानुनी थियो । भवन बनिहोल्यो अब भतउने कुरा भएन । राजकुलो र सडकको जग्गा छुट्याइदिएपछि मात्र नगरपालिका यसमा सहमत हुन्छ’, उनले भने ।
shilapatra.com





Write your Comment