प्रदेश २ मा कर्मचारी भर्नाको खुल्यो बाटो

रातोघर

 २०७६ श्रावण २३, बिहिबार  मा प्रकाशित
२५७ पाठक संख्या


जनकपुरधाम ।

प्रदेश २ मा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा पारित भएसँगै यो प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

यो विधेयक पारित भएसँगै अब कर्मचारी भर्ना सहज हुने मुख्यमन्त्री लालबाबु राउतले विश्वास गरे । उनले योग्य कर्मचारी भर्ना गरी प्रदेश र देशलाई समृद्व बनाइने बताए ।

उनले स्वच्छ, इमान्दार र कर्मठ कर्मचारी भर्ना गरे मात्र राम्रो हुने बताउँदै यसतर्फ हामी सबैलाई सचेत रहनुपर्ने बताए । उनले युवाहरुलाई पढ्नुपर्ने र मिहिनेत गर्दै अघि बढ्नुपर्ने बताए

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban