सर्लाहीबाट काठमाडौं हिडेको बस त्रिशुलीमा खस्यो, ४ को मृत्यू

रातोघर

 २०७६ श्रावण २४, शुक्रबार  मा प्रकाशित
२८३ पाठक संख्या


धादिङ ।

त्रिशुलीमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । झण्डै ४० जना सवार बस त्रिशुलीमा खस्दा २० जनाभन्दा बढि हराइरहेको प्रहरीको अनुमान छ ।

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरूले उद्दार गरिरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

shalhesnews.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban