यस कारण आकासियो सुनको भाउ

रातोघर

 २०७६ श्रावण २८, मंगलबार  मा प्रकाशित
३७५ पाठक संख्या


काठमाडौं ।

नेपाली बजारमा सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाकै ७१ हजार पुगेको छ। महासंघले सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार गरेको थियो।मंगलबार १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो। सुनको भाउ करिब एक हप्तादेखि स्थिर रहेको थियो।

सुन चाँदी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध हो।अमेरिकाले चिनियाँ वस्तुमा भन्सार वृद्धि गरेपछि चौतर्फी असर परेको महासंघको दाबी छ।

व्यवसायीका अनुसार मूल्य बढ्नाको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो।सुनको भाउ बढ्नुमा डलरको भाउ र तेलको मूल्यमा उतारचडाबले असर पार्ने गरेको छ।

सुन अझै बढ्न सक्ने संकेत रहेको उनको दावी छ।शाक्यका अनुसार बजारमा सुन खरिद गर्नेभन्दा पुराना गहना बिक्री गर्ने ग्राहक बढेका छन्।\

annapurnapost.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban