भारतको स्वतन्त्रता दिवसको अवसरमा निजगढ नगरपालिकालाई एम्बुलेन्स प्रदान

रातोघर

 २०७६ श्रावण ३१, शुक्रबार  मा प्रकाशित
३१९ पाठक संख्या


भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले निजगढ नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेकोछ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा बिहिबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नगर प्रमुख सुरेस कुमार खनाललाई एम्बुलेन्स हस्तान्तरण गरेकाहुन् ।

नगर प्रमुख खनालले एम्बुलेन्स प्राप्त गरेसंगै भारतीय राजदुत पुरीप्रति नगरपालिकाको तर्फबाट कृतज्ञता व्यक्त गरेकाथिए । दुतावासले निजगढ नगरपालिका सहित बिभिन्न संघ सस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस प्रदान गरेकोहो । राजदुत पुरीले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएकाथिए ।

सो सन्देशमा भारतले ७२ वर्षमा विभिन्न क्षेत्रबाट प्राप्त गरेको उपलब्धि उल्लेख गरिएकोछ । समारोहमा भारतीय दूतावासका कर्मचारीहरु,उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेकोथियो ।

nsonlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban