

सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकी मात्र नभई बाल्यकालदेखि सँगै हुर्केका साथी हुन् । सर्लाही, कविलास ८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा मर्दा र पर्दा मा काम लाग्ने भइसकेकोले माझिनुपर्ने विषय सायदै बाँकी थिए ।
अनेक दुखसुख उनीहरु र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् । तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ । एकले अर्काेलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन् ।
घटना साढे चार महिनाअघिको हो। गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए। अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए।
सतेन्द्रले राम्रो काम पाइएकाले लगानी अलि बढी लाग्ने उल्लेख गर्दै साथी भएकाले सुरेशलाई एक लाख ४० हजार रुपैयाँसम्म लिएर कतार पठाउन सकिने जवाफ दिए। ‘त्यति कुरा भएपछि सानैदेखिको साथीले पक्कै पनि झुटो बोलेको छैन होला भन्ने लाग्यो,’ सतेन्द्र भन्छन्, ‘त्यस्तो अनुमान अहिले गलत साबित भएको छ।
shilapatra.com





Write your Comment